कोरोनाको दोस्रो लहरमा मात्रै भारतमा ७३० डाक्टरले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • ३ असार २०७८, बिहीबार

नेपालगन्जः कोरोना भाइरस महामारीले भारतमा चिकित्सा क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको छ । भाइरसको दोस्रो महामारीले ठूलो संख्यामा दक्ष जनशक्ति गुमाउनु परेको छ ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमणका कारण भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका छन् । भारतको मेडिकल एसोसिएशनका अनुसार दोस्रो लहरमा मात्रै भारतमा ७ सय ३० जना डाक्टरले ज्यान गुमाएका हुन् ।

सबैभन्दा धेरै बिहारमा १ सय १५ डाक्टरको ज्यान गएको छ भने दिल्लीमा १ सय ९ डाक्टरले ज्यान गुमाएका छन् । यस्तै उत्तर प्रदेशमा ७९, पश्चिम बङ्गालमा ६२, राजस्थानमा ४३, झारखण्डमा ३९ र आन्ध्र प्रदेशमा ३८ जना डाक्टरले ज्यान गुमाएका मेडिकल एसोसिएशनले जनाएको छ ।

भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण पनि कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार १ सय ४ सङ्क्रमित थपिएका छन् । १ लाख ३ हजारभन्दा धेरै व्यक्ति निको भएका छन् ।

यस्तै गएको २४ घण्टामा १ हजार ४ सय संक्रमितको ज्यान गएको छ । भारतमा सङ्क्रमित र ज्यान गुमाउनेको दर घटेको छ ।

अहिलेसम्म भारतमा २ करोड ९६ लाख ९९ हजार व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ भने २ करोड ८५ लाख व्यक्तिले कोरोनालाई जितेका छन् ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech