नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा उपचारमा रहनुभएका थप दुईजनाको मृत्यु भएको छ ।उपचारका क्रममा गेरुवा गाउँपालिका ६ बर्दियाका ४८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ३ बाँकेका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार गेरुवा गाउँपालिका ६ बर्दियाका पुरुष उपचारका लागि भेरी अस्पतालमा जेष्ठ २१ गते भर्ना हुनुभएको थियो ।स्वास्थ्यमा सुधार नआउँदा उहाँको आज दिउँसो ३:३० बजे मृत्यु भएको हो ।
त्यस्तै कोहलपुर ३ का ४८ वर्षीय पुरुष कोभिड पुष्टि भएपछि जेष्ठ २१ गते नै थप उपचारका लागि भर्ना हुनुभएको थियो ।उपचारकै क्रममा उहाँको आज साझँ ५ बजे मृत्यु भएको हो ।
योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३३९ जना र जिल्लाकै ३०९ जनाको मृत्यु भएको छ ।