धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ।
कञ्चनपुरका २ जना, कैलाली र अछामका १-१ जना गरि थप ४ जनाको मृत्यु भएको हो । योसंगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म मृत्यु हुनेहरुको संख्या ५५९ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३९ जना संक्रमित निको भई घर फर्किएका छन्। सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ३९८ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ७७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशमा दुवै विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमित संख्या ४२ हजार ९०१ पुगेको छ । जसमध्ये ३३ हजार २ सय १२ जनाले कोरोना जितेका छन ।