साहु समाजद्वारा नेपालगन्जमा रक्तदान

    • स्वास्थ्य पेज

  • २९ जेष्ठ २०७८, शनिबार

नेपालगन्ज: साहु समाज समिति बाँकेको आयोजनामा शनिबार रक्तदान गरिएको छ ।

कोरोना महामारीमा रगतको अभाव भईरहेको अवस्थामा साहु समाजले वडा नं ५ स्थित राधाकृष् मन्दिर परिसमा सुरक्षा मापदण्ड सहित रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

साहु समाजका अगुवाहरु तथा युवा सर्वसाधारणहरुले रक्तदानमा सहभागिता जनाएका छन् ।
१ सय ५६ पटक रक्तदान गर्ने गोपीनाथ बैश्यको प्रमुख अतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको हो ।

रक्तदान कार्यक्रमका संयोजक प्रदिप शाहुले महामारीको विषम परिस्थितिमा रगतको अभाव नहोस भनेर मानव सेवाका लागी रक्तदान गरिएको बताउनु भयो ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech