सुर्खेतमा चिकित्सक कुटिएको घटनाप्रति आयुर्वेद चिकित्सक संघको गम्भीर ध्यानाकर्षण

    • स्वास्थ्य पेज

  • २८ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्जः कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएकोप्रति नेपाल आयुर्वेद चिकित्सक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ती जारी गरि दोषीलाई पक्राउ गरेर कानुनी कारवाही नभए सडक आन्दोलनको चेतावनी समेत दिएको छ ।
प्रदेश आयुर्वेद औषधालयमा संचालिन आइसोलेसनमा कार्यरत कार्यालय प्रमुख डा शंकरप्रसाद रिजाल, डा यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि अपरिचित युवाहरुको समूहले सांघातिक आक्रमण गरेको संघले जनाएको छ ।

बाटो ढुकेर बसेका १५ १६ जनाको समूहले सुनियोजितरुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech