नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपचारका क्रममा कोहलपुर नगरपालिका-६ बाँकेका ४० वर्षीया महिला, प्युठान नगरपालिका-६ प्युठानका ७२ वर्षीय पुरुष र राजापुर नगरपालिका-७ बर्दियाका ८० वर्षीया महिलाको मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म जिल्ला बाहिरबाट उपचारका लागि आएका ३२४ जना र जिल्लाकै ३०४ जना गरि ६२८ जनाको मृत्यु भईसकेको छ ।