नेपालगन्जः पछिल्लो २४ घण्टामा बाँकेमा ११५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये २८ जना बाँकेका हुन् भने अरु बाहिर जिल्लाका भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जानकारी गराएको छ ।
जिल्लाका दुई वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३८१ नमुना परिक्षण गरिएकोमा ११५ जनामा भाइरस पोजेटिभ देखिएको छ।
भेरी अस्पताल नेपालगन्जमा ३१९ नमुना परीक्षण गर्दा ९५ जनामा र बागेश्वरी प्रयोगशालामा ६२ नमुना परीक्षण गर्दा २० जनामा भाइरस देखिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा संकलित नमूनाको भने रिपोर्ट आएको छैन् । बाँकेमा २८ जना संक्रमित कोरोनालाई परास्त गर्दै डिस्चार्ज भएका छन् । हालसम्म बाँकेमा जम्मा संक्रमित १७२८५ मध्ये १६६८३ जना निको भईसकेका छन् ।