बाँकेमा सोमबार २५ जनामा कोभिड पुष्टि, जिल्लाका ७ जनामा मात्र संक्रमण

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७८, सोमबार

नेपालगन्ज: बाँकेका दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोभिड पुष्टि भएको छ । कुल १९९ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

सोमबार भेरी अस्पतालको प्रयोगशालाले रिर्पोट दिएको छैन । मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १३९ नमुना परीक्षण गर्दा १७ जना र बागेश्वरी ल्याबमा ६० नमुना परीक्षण गर्दा ८ जना गरि कुल २५ संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमध्य बाँकेका ७ जना छन् । जिल्लाका ४ जना महिला र ३ जना पुरुष गरि ७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८० हजार ६०९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज जिल्लामा कोरोना संक्रमण मुक्त भई १४ जना डिस्चार्ज भएका छन् । ७ जना महिला र ७ जना पुरुष आज एकैदिन निको भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणकै कारण गएको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । जिल्ला बाहिरका ६ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech