कर्णालीमा थपिने भन्दा निको हुने बढी

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७८, सोमबार

सुर्खेत: कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसिआर विधिबाट २६४ जनाको नमुना परीक्षण गर्दा १३८जना र ६५१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३२ जना गरि कुल २७० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर कोभिड संक्रमण मुक्त भई ३३३ जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णाली प्रदेशमा कोभिड संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २५ हजार ३४४ पुगेको छ ।

हालसम्म संक्रमणबाट करिब १९ हजार ९२४ जना निको भएका छन् । ३ हजार ९६९ जना कोभिडका सक्रिय संक्रमित अहिले विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

कोरोना भाइरस संक्रमणका कारण प्रदेशमा थप ४ जनाको मृत्य भएको छ । योसँगै संक्रमणकै कारण कर्णाली प्रदेशमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या २७२ पुगेको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech