काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ७९०, भक्तपुरमा १३५ र ललितपुरमा १९० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर आज ४ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म ६ लाख ६ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ लाख ९७ हजार बढी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।
देशभर गएको २४ घण्टामा थप ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।