देशभर एकैदिन कोभिड संक्रमित ६९५१ जना निको भए

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७८, सोमबार

काठमाडौं: पछिल्लो २४ घण्टामा ४ हजार ४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका पीसीआर प्रयोगशालामा १२ हजार २ नमुना परीक्षण गर्दा ३ हजार ३७० जना र ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ जना गरी कुल ४४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ६ हजार ९५१ जना डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म कोभिडबाट नेपालमा निको हुनेहरुको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । संक्रमणकै कारण नेपालमा थप ९२ जनाको मृत्यु भएको छ । कोभिडका कारण हालसम्म देशभर ७ हजार ९९० जनाले ज्यान गुमाएका छन् ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech