सुर्खेत: सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ ।
कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि सुर्खेत प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलो पटक निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
जारी निषेधाज्ञामा खाद्यान्नका पसलहरु हप्तामा तीन दिन बिहानको समयमा तथा फलफूल, तरकारी पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाईएको छ ।
जिल्लामा जारी निषेधाज्ञा भोली जेठ २५ गते सकिदै थियो ।