नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चारजनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरि थप चारजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेहरुमा शारदा नगरपालिका-१३ सल्यानका ५५वर्षीय पुरुष, मुसिकोट नगरपालिका-७ रुकुम पश्चिमका ६३ वर्षीय पुरुष, बंगलाचुलि गाउँपालिका-३ दाङका ५२ वर्षीय पुरुष र स्वर्गद्वारी-९ प्युठानका ६० वर्षीय पुरुष हुनुहुन्छ ।
योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१७ जना र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ ।