काठमाडौं: पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका पीसीआर प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा ३ हजार २४ जना र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी कुल ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ६ हजार ६३६ जना डिस्चार्ज भएका छन् ।
योसँगै हालसम्म कोभिडबाट नेपालमा निको हुनेहरुको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । संक्रमणकै कारण नेपालमा थप ९९ जनाको मृत्यु भएको छ । कोभिडका कारण हालसम्म देशभर ७ हजार ८९८ जनाले ज्यान गुमाएका छन् ।