शनिबार बाँकेमा १०५ जनामा कोभिड संक्रमण पुष्टि, जिल्लाका ४३ जना मात्रै

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७८, शनिबार

नेपालगन्ज: बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा कोभिड पुष्टि भएको छ । कुल ३३६ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

शनिबार भेरी अस्पतालको प्रयोगशालामा १७८ नमुना परीक्षण गर्दा ७३ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १०२ नमुना परीक्षण गर्दा १० जना र बागेश्वरी ल्याबमा ५६ नमुना परीक्षण गर्दा २२ जना गरि कुल १०५ संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमध्य बाँकेका ४३ जना छन् । जिल्लाका १७ जना महिला र २६ जना पुरुष गरि ४३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ८० हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज जिल्लामा कोरोना संक्रमण मुक्त भई ७९ जना डिस्चार्ज भएका छन् । ४० जना महिला र ३९ जना पुरुष आज एकैदिन निको भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणकै कारण गएको २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । जिल्लाका तीनजना र जिल्ला बाहिरका ४ जना गरि थप ७ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech