काठमाडौं: पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका पीसीआर प्रयोगशालामा ११ हजार ४७१ नमुना परीक्षण गर्दा ३ हजार ५४० जना र ५ हजार ३४३ एन्टिजेन परीक्षणमा १ हजार ५०२ जना गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ८ हजार २४३ जना डिस्चार्ज भएका छन् ।
योसँगै हालसम्म कोभिडबाट नेपालमा निको हुनेहरुको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ । संक्रमणकै कारण नेपालमा थप ६८ जनाको मृत्यु भएको छ । कोभिडका कारण हालसम्म देशभर ७ हजार ७९९ जनाले ज्यान गुमाएका छन् ।