खोप लगाउन जादा नागरिकता नभए के गर्ने ?

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७८, शनिबार

तस्बिर:फाइल

काठमाडौं: सरकारले चीन सरकारबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई आगामी जेठ २५ गतेदेखि दिदैछ।

मन्त्रालयले खोप लगाउन जादा नागरिकता नभई खोप लगाउन नपाईने हो कि भन्ने अलमलमा भएकाहरुलाई यस्तो भनेको छ ।

नागरिकता नभएकाहरुका लागि आफ्नो नाम उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुने सरकारी कागजपत्र भए पनि पुग्छ। त्यो पनि छैन भने वडा कार्यालयहरुलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउनुहोस् र वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाइन्छ।

अहिले देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech