काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङले पाउनु भएको छ ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हटाएर प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको स्थानमा तामाङलाई मन्त्रीको जिम्मेवारी दिनु भएको हो ।
कोरोना महामारीका बेलामा महत्वपूर्ण जिम्मेवारी दिईएको भन्दै तामाङले यसलाई आफुले अवसरका रुपमा लिएर पूरा गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै तामाङको भागमा स्वास्थ्य मन्त्रालय परेको हो ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको हो । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् ।