देशभर एकैदिन कोभिड संक्रमित ८६६३ जना निको भए, ६६५३ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं: पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका पीसीआर प्रयोगशालामा १४ हजार १८२ नमुना परीक्षण गर्दा ४ हजार ६२४ जना र ६ हजार ६३१ एन्टिजेन परीक्षणमा २ हजार २९ जना गरी कुल ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ८ हजार ६६३ जना डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म कोभिडबाट नेपालमा निको हुनेहरुको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । संक्रमणकै कारण नेपालमा थप १०१ जनाको मृत्यु भएको छ । कोभिडका कारण हालसम्म देशभर ७ हजार ७३१ जनाले ज्यान गुमाएका छन् ।

देशभर ९७ हजार ६९९ जना कोभिडका सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech