घट्दैछ संक्रमण, बाँकेका ३१ जनामा कोभिड पुष्टि हुदा १८९ जना निको भए

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्ज: बाँकेका तीनवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोभिड पुष्टि भएको छ । कुल ३४५ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

शुक्रबार भेरी अस्पतालको प्रयोगशालामा २२२ नमुना परीक्षण गर्दा ५७ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा १२ जना र बागेश्वरी ल्याबमा ५६ नमुना परीक्षण गर्दा १८ जना गरि कुल ८७ संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमध्य बाँकेका ३१ जना छन् । जिल्लाका १६ जना महिला र १५ जना पुरुष गरि ३१ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार ९११ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आज जिल्लामा कोरोना संक्रमण मुक्त भई १८९ जना डिस्चार्ज भएका छन् । ८६ जना महिला र १०३ जना पुरुष आज एकैदिन निको भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणकै कारण गएको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । जिल्लाका एकजना र जिल्ला बाहिरका ५ जना गरि थप ६ जनाको संक्रमणका कारण मृत्यु भएको हो ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech