कोरोना संक्रमणबाट बुवाको निधन, छोरालाई हेलिकप्टर चार्टर गरेर काठमाडौं लगियो

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्जः बर्दियाका कोरोना संक्रमित विरामीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

बर्दिया बासगडी नगरपालिका-६ बर्दियाका ४५ वर्षीय पुरुषलाई थप उपचारका लागि फिस्टेल एअरको हेलिकप्टरमार्फत् आज काठमाडौं लगिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कोभिड संक्रमण पुष्टि भएपछि ती संक्रमित नेपालगन्जस्थित युनाइटेड अस्पतालमा भर्ना भएका थिए । समस्या थप क्रिटिकल बन्दै गएपछि उनलाई हेलिकप्टर चार्टर गरेर काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको हो ।

संक्रमित ती व्यक्तिको वुवाको भाइरस संक्रमणकै कारण विहीबार नेपालगन्जमा निधन भएको थियो ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech