काठमाडौंः कोरोना भाइस संक्रमणबाट धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।
उहाँको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अवस्था सुधार नभएपछि उहाँको निधन भएको हो ।