काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजबाट केहि खुकुलो

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं: काठमाडौं उपत्यकामा जेठ ३१ सम्म थप गरिएको निषेधाज्ञा आजबाट लागू भएको छ। आजबाट जारी निषेधाज्ञा केही खुकुलो हुनेछ । उपत्यकामा यसअघि एकहप्ता खाद्यान्न पसलसमेत खुल्न दिईएको थिएन ।

आजबाट त्यो बन्देज भने लाग्ने छैन । खाद्यान्न, किराना, तरकारी तथा फलफूल पसल, दूध डेरी, मासु पसल, ग्यास पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ । यस्तै निर्माण सामग्री ढुवानीका गाडी राति ९ बजेदेखि बिहान ४ बजेसम्म चलाउन पाइने छ ।

बैंक तथा वित्तीय संस्थाले प्रधान कार्यालय र ३ वटा शाखा, वाणिज्य बैंक र विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा सेवा दिन पाउने छन् । वित्त कम्पनीले प्रधान कार्यालय र एउटा शाखा खेलेर सेवा दिन पाउने छन् ।

अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय भने खुला हुने छैनन् । औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तु र सेवा खरिदमा बाहेक जेठ ३१ गतेसम्म कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाइने बताईएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech