नेपालगन्ज: बाँकेका अस्पतालमा थप पाँचजना कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा तीनजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरि थप पाँचजनाको उपचारका क्रममा मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका-४ बर्दियाका ३४ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका-६ दाङका ६५ वर्षीया महिला, बढैयाताल गाउँपालिका-३ बर्दियाका ५५ वर्षीय पुरुष, आठबिस नगरपालिका-४ दैलेखका ३० वर्षीया महिला र कालिमाटी गाउँपालिका-१ सल्यानका ३७ वर्षीया महिला हुनुहुन्छ ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३०० जना र जिल्लाकै २९६ जनाको मृत्यु भएको छ ।
कालीमाटी गाउँपालिका १ सल्यान हुनुपर्ने अन्यथा भएकोमा सच्याएर हटाईएको छ – सम्पादक