नेपालगन्ज: जिल्लाका दुईवटा प्रयोगशालामा बुधबार थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा केहि दिनदेखि निरन्तर संक्रमण दर घटिरहेको छ ।
कुल १३३ नमुना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ ।भेरी अस्पतालको पीसीआर प्रयोगशालाले आज रिर्पोट दिएको छैन। बागेश्वरी ल्याबमा ८१ नमुना परीक्षण गर्दा २८ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ५२ नमुना परीक्षण गर्दा ११ जनामा गरि कुल ३९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरु मध्य ७ जना बाँकेका छन् । १ जना महिला र ६ जना पुरुष गरि जिल्लाका थप ७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार १३४ जनाको पीसीआर परीक्षण भएको छ ।
आज जिल्लाका १०९ जना डिस्चार्ज भएका छन्। ४९ जना महिला र ६० जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ ।कोरोना भाइरस संक्रमणका कारण २४ घण्टामा जिल्ला बाहिरबाट आएका ३ जना र जिल्लाका १ जना गरि कुल ४ जनाको मृत्यु भएको छ ।