सुर्खेत: कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसिआर विधिबाट ३६१ जनाको नमुना परीक्षण गर्दा २०८ जना र ४१५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११० जना गरि कुल ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर कोभिड संक्रमण मुक्त भई ४४९ जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णाली प्रदेशमा कोभिड संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २३ हजार ६०३ पुगेको छ ।
हालसम्म संक्रमणबाट करिब १६ हजार ७१२ जना निको भएका छन् । ५ हजार ३२९ जना कोभिडका सक्रिय संक्रमित अहिले विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
कोरोना भाइरस संक्रमणका कारण प्रदेशमा थप ३ जनाको मृत्य भएको छ । योसँगै संक्रमणकै कारण कर्णाली प्रदेशमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या २४८ पुगेको छ ।