काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायलाई अनधिकृत रुपमा टिप्पणी नगर्न आग्रह गरेको छ। मन्त्रालयले जनस्वास्थ्यको विषयमा असम्बन्धित निकायलाई नबोल्न भनेको हो ।
जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायहरुले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणी गर्ने गर्दा धेरैलाई द्विविधा बनाउने र भ्रमित तुल्याउने गरेको भन्दै मन्त्रालयले कोरोना महामारीको विषय वा सम्रग जनस्वास्थ्यको विषयमा विभागिय मन्त्रीहरू वा मन्त्रालयले तोकेका पदाधिकारी र निकायका अधिकारीले मात्र बोल्न पाइने जनाएको हो ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले तोकेका बाहेकका व्यक्तिले दिएको जानकारी प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमहरुलाई समेत सूचित गरेको छ ।
हेर्नुहोस् मन्त्रालयले जारी गरेको विज्ञप्ति