भेरी अस्पताल थप तीनजना कोभिड संक्रमित बिरामीको मृत्यु

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०७८, मंगलवार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना संक्रमित थप तीनजनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा तीनजना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका-६ बर्दियाका ४२ वर्षीय पुरुष, बढैयाताल-२ का ४५ वर्षीया महिला र टिकापुर नगरपालिका-८ का ७७ वर्षीय पुरुष हुनुहुन्छ ।

योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २९० जना र जिल्लाकै २९३ जनाको मृत्यु भईसकेको छ । बाँकेमा अहिले संक्रमण दरसँगै मृत्यु दरपनि घटिरहेको छ । अस्पतालमा बेडहरु खाली छन् । जिल्लाका भन्दा जिल्ला बाहिरबाट संक्रमित बिरामीहरु उपचारका लागि अहिले बढि आइरहेका छन् ।

संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानिय प्रशासनले निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञा जारी रहेपनि बजारमा चहलपहल भने दिन प्रतिदिन बढेको देखिन्छ । चिकित्सकहरुले संक्रमण दर कम भएको भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेका छन् ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech