काठमाडौं: भारतमा गएको २४ घण्टामा थप १ लाख ५२ हजार ७३५ बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण दर नियन्त्रण बाहिर गएपछि अस्तव्यस्त बनेको भारतमा अहिले संक्रमण दर निरन्तर ओरालो झरिरहेको छ । भारतमा एकैदिन करिब ४ लाख सम्मलाई कोरोना भाइरस संक्रमण पुष्टि हुने गरेको थियो ।
अहिले संक्रमण दर घटेर दैनिक २ लाख भन्दा कम नागरिकमा कोभिड संक्रमण पुष्टि भैरहेको छ । हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको संख्या करिब २ करोड ८० लाख ४८ हजार नाघेको छ ।
२४ घण्टामा कोभिड संक्रमणकै कारण भारतमा ३ हजार १२८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेहरुको कुल संख्या ३ लाख २९ हजार नाघेको छ । संक्रमण निरन्तर घट्दै गएपनि मृत्युदरमा भने कमी आउन नसकेको तथ्यांकमा उल्लेख छ ।