संक्रमण दर ओरालो झर्दै, ४३६९ संक्रमित थपिदा ६२०५ निको भए

    • स्वास्थ्य पेज

  • १६ जेष्ठ २०७८, आईतवार

काठमाडौं: पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका पीसीआर प्रयोगशालामा १० हजार ९८६ नमुना परीक्षण गर्दा ३ हजार ७०२ जना र १ हजार ७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी कुल ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ६ हजार २०५ जना डिस्चार्ज भएका छन् । संक्रमणकै कारण नेपालमा थप १०९ जनाको मृत्यु भएको छ ।

देशभर १ लाख ८ हजार ८९७ जना कोभिडका सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech