काठमाडौं: सरकारले आउँदो आर्थिक वर्ष २०७८-०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो ।
सरकारले स्वास्थ्य क्षेत्रलाई ठूलै प्राथमिकतामा राखि पहिलो पटक १ खर्ब बढी बजेट सार्वजनिक गरेको हो ।सरकारले इतिहासमा पहिलोपटक स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ।यस वर्ष सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरी एक खर्ब २२ अर्ब ७७ करोड पुर्याएको हो।आर्थिक वर्ष ०७७-०७८ मा सरकारले स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन गरेको थियो। सरकारले सार्वजनिक गरेको बजेटमा कोरोना महामारी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको छ।
स्वास्थ्यको १ खर्ब २२ अर्ब ७७ करोड बजेटमा के छन् प्राथमिकतामा
. कोरोना खोप खरिद तथा व्यवस्थापनका लागि रु २६ अर्ब ७५ करोड विनियोजन
. स्वास्थ्य उपकरण खरिदका लागि रु ४ अर्ब विनियोजन
. औषधि खरिद गर्न ५ अर्ब ६० करोड विनियोजन
. सबै सरकारी अस्पतालमा कोभिडको परीक्षण र उपचार निशुल्क
. अक्सिजन प्लान्ट जडानका लागि आवश्यक पर्ने उपकरण खरीद गर्दा लाग्ने भन्सार तथा मूल्य अभिबृद्धि कर पुरै छुट ।
. सामुदायिक तथा निजी अस्पतालले प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुजिगत अनुदान दिईने ।
. ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको मुटुरोग, पार्किन्सन्स, स्पाइनल कर्ड इन्जुरीका बिरामीको निःशुल्क उपचारका लागि रु २ अर्ब ५० करोड ।
. उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निबृत्त तथा इन्टर्नसीपमा रहेका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई तलव र ५० प्रतिशत भत्ता सहित एक बर्षे करार सेवामा लिने
. कान्ति बाल अस्पताललाई ३४ करोड र सहिद गंगालाल हृदयरोग अस्पताललाई ५८ करोड
. काठमाडौं उपत्यकामा ३ सय शैय्याको सरुवारोग अस्पतालसहित सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल । यसका लागि रु १ अर्ब ३० करोड बजेट विनियोजन ।
. स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि रु ७ अर्ब ५० करोड
. रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निर्माण गर्न १ अर्ब २८ करोड
. स्वास्थ्य विमा कार्यक्रमका लागि ७ अर्व ५० करोड विनियोजन
. स्वास्थ्य स्वयम्सेविकाको भत्ता शतप्रतिशत वृद्धि
. सरकारी अस्पतालमा आइसीयू, एचडीयूका लागि ४ अर्व