२४ घण्टामा ४४८७ कोभिड संक्रमित थपिदा ६०८० जना निको भए

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७८, शनिबार

काठमाडौं: शनिबार देशभर ४ हजार ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका पीसीआर प्रयोगशालामा १४ हजार ६ नमुना परीक्षण गर्दा ४ हजार ३११ जना र ७४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७६ जना गरि कुल ४४८७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । गएको २४ घण्टामा देशभर ६ हजार ८० जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोना भाइरस संकमणबाट निको हुनेहरुको कुल संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । मन्त्रालयका अनुसार कोभिड संक्रमणका कारण थप ११६ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ७ हजार १६३ पुगेको छ । देशभर ८९१ जना क्वारेन्टाइनमा छन् भने १ लाख ११ हजार ५०९ जना कोभिडका संक्रिय संक्रमित विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech