नेपालगन्ज: ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने र दोषिलाई आफूहरु माझ उपस्थित गराउनुपर्ने माग राख्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
घटनाबारे बुझ्न र साथ दिन प्रमुख जिल्ला अधिकारी अस्पताल नगएपछि उनीहरु आफैं प्रशासन कार्यालयमा पुगेका हुन्।
घटनाको विरोध गर्दै भेरी अस्पतालका कर्मचारीले अपराधीलाई आफ्नो अगाडि उपस्थित नगराएसम्म र कारबाहीको ग्यारेन्टी नभएसम्म अस्पतालमा नयाँ बिरामी भर्ना नलिने बताएका छन्।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलालको उपस्थितिमा अहिले सम्बद्ध सरोकारवाला बीच बैठक बसिरहेको छ।