भेरीमा हिजोको घटना कालो दिन: नेपाल चिकित्सक संघ

    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्ज: नेपाल चिकित्सक संघले भेरी अस्पतालमा बिहीबार राती भएको घटनालाई कालो दिन भनेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै बिहीबार राती भेरी अस्पतालमा भएको घटनालाई कालो दिन घोषणा गर्दै सबै फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न अपिल समेत गरेको छ।

कोरोना महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सिमित स्रोत, साधन र जनशक्तिका बाबजुद पनि अग्रपंक्तिमा रहेर उपचारमा खटिरहेको अवस्थामा पनि उनीहरु माथि दुुर्व्यवहार र कुटपिट जस्ता अवान्छित क्रियाकलापहरुले असुरक्षित वातावरण बनाएको भन्दै संघले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

संघले भेरी अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुुन अनुसार कारबाही गर्न माग समेत गरेको छ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech