दाङ: कोरोना भाइरस संक्रमणका कारण दाङमा थप दश जनाको मृत्यु भएको छ ।
गएको २४ घण्टामा थप दश जना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको हो । मृत्यु हुनेहरुमा घोराही र तुलसीपुरका ४ ४ जना तथा गढवा र बबईका १ १ जना रहनुभएको छ ।
योसँगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेहरुको संख्या २०९ पुगेको छ । जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार बिहीबार थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै संक्रमण मुक्त भएर आजै २५६ जना डिस्चार्ज भएका छन् । हाल दाङमा १ हजार ५८१ जना कोभिडका सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।