कोरोना संक्रमणबाट पूर्व सांसद रत्नप्रसाद न्यौपानेको निधन

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७८, बिहीबार

नेपालगन्ज: कोरोना भाइरसको संक्रमणबाट जाजरकोटका पूर्व सांसद रत्नप्रसाद न्यौपानेको निधन भएको छ ।

उपचारका क्रममा काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पतालमा बुधबार राति निधन भएको उहाँका छोरा मदनरत्न न्यौपानेले पुष्टि गर्नु भयो

उहाँलाई शुरुमा वैशाख २३ गते बुवालाई कोरोना संक्रमण देखिएको थियो, तर पछि फोक्सोमा निमोनिया भएर गम्भीर समस्या भएपछि काठमाडौँमा उपचार भइरहेको थियो । उहाँको हिजो राति मृत्यु भएको हो ।

छोरा मदनरत्नका अनुसार वीरेन्द्र प्रहरी अस्पताल काठमाडौँमा उपचारका लागि भर्ना गरिएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा राखिएको थियो ।

छेडागाड नगरपालिका–६, सुवानाउली निवासी न्यौपाने २०५६ सालको प्रतिनिधि सभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र २ बाट निर्वाचित हुनु भएको थियो ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech