नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट नेपालगन्जकी एक महिलाको ज्यान गएको छ ।
नेपालगन्ज उपमहानगरपालिका- १८ कारकांदोकी ७३ वर्षीया महिलाको उपचारकाक्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । ती महिलालाई गएको २८ गते कोभिड पुष्टि भएको थियो ।
उनको उपचारकाक्रममा आज बिहान ९ बजे मृत्यु भएको हो । यो संगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८५ पुगेको छ ।