नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण थप सातजनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा चारजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीनजना गरि थप सात जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिका-२० बाँकेका ५७ वर्षीय पुरुष, जानकी गाउँपालिका-९ कैलालीका ७४ वर्षीया महिला, बासगढी नगरपालिका-५ बर्दियाका ७५ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका-२० बाँकेका ५५ वर्षीया महिला हुनुहुन्छ ।
त्यस्तै उपचारका क्रममा पुनर्वास नगरपालिका-६ कंचनपुरका ४७ वर्षीया महिला, घोराही उपमहानगरपालिका-३ दाङका ५६ वर्षीया महिला र गुलरिया नगरपालिका-५ बर्दियाका ८० वर्षीय पुरुषको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको छ ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २६४ जना र जिल्लाकै २८४ जनाको मृत्यु भईसकेको छ ।