कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न प्रधानमन्त्रीको निर्देशन

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०७८, मंगलवार

तस्बिर:फाइल

काठमाडौं: कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोभिड–१९ व्यवस्थापन केन्द्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेशअनुसार प्रधानमन्त्री अध्यक्ष रहनुभएको कोभिड–१९ निर्देशक समितिको आज मङ्गलवार बसेको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले कोभिड-१९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले कोभिड १९ नियन्त्रणसम्बन्धी र सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरूको समाधान गरेको भन्दै कोभिड- १९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ कामअघि बढाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।

आवश्यक ऐन नियम नभएका कारण समस्या भए पनि अब सबै समस्याको सम्बोधन भएकोले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्सनमा जान कोभिड-१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिनुभएको हो ।

समितिको पहिलो बैठकमा कोभिड–१९ व्यवस्थापन केन्द्रका पदाधिकारी उपस्थिति थियो ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech