नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका-५ का २३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । बैशाख २२ गते पीसीआर परीक्षण गरेका उनी थप उपचारका लागि बैशाख २४ मा भेरी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।
स्वास्थ्यमा सुधार नआउँदा उनको आज ४ ३५ बजे मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेका २८० जनाको मृत्यु भएको छ ।
संक्रमणकै कारण जिल्ला बाहिरका २५६ जनाको समेत बाँकेमा मृत्यु भएको छ ।