काठमाडौं: मंगलबार देशभर ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका पीसीआर प्रयोगशालामा २२ हजार ३०६ नमुना परीक्षण गर्दा ८ हजार ३८७ जना र ६३० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४९ जना गरि कुल ८६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । गएको २४ घण्टामा देशभर ६ हजार ४०४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।
हालसम्म कोरोना भाइरस संकमणबाट निको हुनेहरुको कुल संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ । मन्त्रालयका अनुसार कोभिड संक्रमणका कारण थप १६९ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ६ हजार ७०० पुगेको छ । देशभर ९१४ जना क्वारेन्टाइनमा छन् भने १ लाख १७ हजार २६१ जना कोभिडका संक्रिय संक्रमित विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।