नेपालगन्ज: बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चारजना गरि थप पाँचजनाको मृत्यु भएको जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा बाफिकोट गाउँपालिका-१० रुकुम ६६ वर्षीया महिला, घोराही उपमहानगरपालिका-११ दाङका ५० वर्षीय पुरुष, बगंलाचुली गाउँपालिका-४ दाङका २६ वर्षीय पुरुष, गढुवा गाउँपालिका-१ दाङका ५९ वर्षीय पुरुष र चामुण्डा नगरपालिका-२ दैलेखका ७८ वर्षीया महिला हुनुहुन्छ ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका २५६ जना र जिल्लाकै २७९ जनाको मृत्यु भईसकेको छ ।