पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी सेवा आजबाट बन्द

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०७८, मंगलवार

पोखरा: पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी सेवा आजबाट बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमितको उपचारका लागि गण्डकी प्रदेशको एकमात्र ‘कोरोना डेडिकेटेड अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा कोभिड संक्रमित बिरामीहरुको को मात्र उपचार गर्नका लागि ओपिडी सेवा बन्द गरिएको हो ।

हाल अस्पतालमा कोरोना संक्रमणका ५० जनासम्म बिरामी भर्ना गरिँदै आएको थियो । अब भने अस्पतालले ओपिडी सहितका सेवा बन्द गरेर ३८० वटै बेडमा कोरोना संक्रमितको उपचार गर्ने तयारी गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै सरकारले कोभिडका बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम आजदेखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको हो ।

गत वैशाख ५ मा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

गम्भीर बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यथावत रहने र मृगौलाका बिरामीका लागि डायलासिस सेवा समेत निरन्तर रहने जारी सूचनामा उल्लेख छ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech