काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै,फेरि निषेधाज्ञा थप्ने तयारी

गृह मन्त्रालयले निषेधाज्ञाको पालना गर्न र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ । गृह मन्त्रालयको विवरण अनुसार ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ ।सरकारले अध्यादेशमार्फत अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक गाडि चलाए कारबाही गर्नसक्ने व्यवस्था गरेको छ।


    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०७८, मंगलवार

काठमाडौं: काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । बैठकमा निषेधाज्ञा थप गर्नेबारे छलफल हुने बताइएको छ । पूर्वनिर्धारित निषेधाज्ञाको समय सकिन दुईदिन बाँकी हुँदा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म जारी छ । मध्यान्ह बस्ने बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौला सहभागी हुनुुहुनेछ । गृह मन्त्रालयले निषेधाज्ञाको पालना गर्न र थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई यसअघि नै निर्देशन दिएको छ ।

गृह मन्त्रालयको विवरण अनुसार ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ ।सरकारले अध्यादेशमार्फत अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक गाडि चलाए कारबाही गर्नसक्ने व्यवस्था गरेको छ। दुई पाङ्ग्रे गाडीलाई दुई हजार र अरु गाडीलाई ५ हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने अध्यादेशमा उल्लेख छ ।

त्यस्तै मास्क नलगाइ सार्वजनिक ठाउँमा हिँड्नेलाई एक सय र निषेधाज्ञाका बेला विना काम निस्किनेलाई दुई सय रुपैयाँ तिराउन सक्ने व्यवस्था छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech