नेपालगन्ज: कोरोना उपचार गराइरहेका बाँकेका चार अस्पतालमा ५८ कोभिड बेडहरु खाली भएका छन् ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै भरिभराउ भएका कोरोना डेडिकेटेड अस्पतालका कोभिड बेडहरु पछिल्लो समय खाली हुँदै जान थालेका हुन् ।
कोरोना बिरामीको उपचारका लागि बेड ब्यबस्थापनमा खटिएका स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिृकत नरेश श्रेष्ठका अनुसार बेड अभावको समस्या तत्कालका लागि टरेको छ ।
भेरी अस्पतालमा ११, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २९, वेस्टर्न अस्पताल नेपालगन्जमा १३ र युनाइटेड अस्पताल नेपालगन्जका ५ गरि अहिलेसम्म ५८ बेड खाली छ्न ।
अस्पतालमा उपचार गराइरहेका गम्भीर खालका कोरोना संक्रमितको संख्या भने कम हुन सकेको छैन ।
श्रेष्ठका अनुसार भेरी अस्पतालमा उपचाररतमध्ये ४० जनाको अबस्था गम्भीर छ । यस्तै शिक्षण अस्पताल कोहलपुरमा ४५ जनाको अवस्था चिन्ताजनक छ।
पछिल्ला दिनमा बाँके भन्दा पनि बाहिरी जिल्लाबाट कोभिडका बिरामी आउने क्रम बढी देखिएको पनि श्रेष्ठले जानकारी दिनुभयो । खासगरी दाङ, कैलाली र बर्दियाबाट कोभिडका केशहरु बढी आउने गरेका छ्न ।
मृत्युदरको पछिल्लो रेसियो हेर्दा पनि यीनै जिल्लाको बढी देखिएको छ।