काठमाडौं: सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा.जागेश्वर गौतमलाई नियुक्त गरेको छ।सोमबार मन्त्रीस्तरीय निर्णयबाट डा.गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको हो।
नवनियुक्त प्रशासकीय अधिकारी डा.गौतमले भोलिदेखि नै कार्यभार सम्हाल्नु हुनेछ । उहाँ स्वास्थ्य मन्त्रालयको ११ औं तहका बरिष्ठ अधिकारीका साथै वरिष्ठ चिकित्सक हुनुहुन्छ । डा. गौतम र इन्सिडेन्ट कमाण्ड सिष्टमका प्रमुख डा. गुणराज लोहनी केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका मुख्य दाबेदार मानिनु भएको थियो ।
सरकारले हालै ल्याएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई केन्द्रीय कोभिड युनिफाइड अस्पताल बनाएको थियो। उहाँले अहिले स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
त्यसअघि उहाँ परोपकार प्रसुति गृह थापाथालीका निर्देशक हुनुहुन्थ्यो ।