कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १० जेष्ठ २०७८, सोमबार

तस्विरः फाइल

विराटनगरः कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा १० र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको हो ।

यस्तै सुन्दरहरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालका कोभिड फोकल पर्सन सुनिल देवका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको हो । विराटमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको मृत्यु भएको छ ।

विराटनगर–३ का ८० वर्षीय वृद्ध पुरुषको पनि विराटमा मृत्यु भएको छ । आइतबार दिउँसो झापा भद्रपुरका ५१ वर्षीय र सुनसरीको दुहबी नगरपालिका–११ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो । नोबेलमा मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीया महिलाको मृत्यु भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–२ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका–११ घर भई विराटनगर–४ मा बस्दै आएका ७२ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । कोशी कोभिड–१९ अस्पतालमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै सोही अस्पतालमा आइतबार दिउँसो विराटनगर महानगरपालिका–९ का ७६ वर्षीय पुरुष र झापा गौरीगञ्जकी ८४ वर्षीय महिलाको मृत्यु भएको थियो । सुन्दरहरैंचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६ः ३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech