नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ ।
संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा तीन जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरि थप पाँचजनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरुमा ठाकुरबाबा नगरपालिका-३ बर्दियाका ४१ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका-६ दाङका ७१ वर्षीय पुरुष, लमही नगरपालिका-४ दाङका ४३ वर्षीय पुरुष, बासगढी नगरपालिका-६ बर्दियाका ५५ वर्षीय पुरुष र गुलरिया नगरपालिका-१२ बर्दियाका ५५ वर्षीय पुरुष हुनुहुन्छ ।
योसँगै जिल्लामा उपचारका लागि अन्य जिल्लाबाट आएका २४५ जनाको मृत्यु भएको छ । संक्रमणकै कारण बाँकेका २७३ जनाको समेत हालसम्म मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ ।