मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीको छापा

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०७८, आईतवार

काठमाडौं: मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले केहि कारखानामा छापा मारेको छ।सातदोबाटो, त्रिपुरेश्वर र क्षेत्रपाटीमा रहेको स्यानिटाइजर उत्पादन केन्द्रमा अपराध महाशाखाको टोलीले  छापा मारेको हो ।

कम्पनीले ‘प्लस ७५’ नामको स्यानिटाइजर उत्पादन गर्ने गरेको पाइएको छ । प्रयोगशालामा गरिएको परीक्षणबाट बरामद स्यानिटाइजर स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि भइसकेको छ ।

कम्पनीको स्यानीटाइजरको गुणस्तर बुझ्न औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गराएको थियो ।परीक्षणमा उक्त स्यानीटाइजरमा २५ प्रतिशत मेथानोल प्रयोग भेटिएको अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो ।

एसएसपी खापुङका अनुसार बरामद नक्कली स्यानीटाइजर काठमाडौं लगायत देशैभरि वितरण भएको देखिन्छ । महाशाखाका एसपी कृष्ण पंगेनीले नक्कली स्यानीटाइजर बनाउने कम्पनीका मालिक आशीष प्याकुरेल पक्राउ परेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार १० ट्रकमा हालेर बरामद स्यानिटाइजर लगायतका सामाग्री महाशाखामा ल्याइएको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech