बाँकेमा कोभिड संक्रमित थप तीनजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०७८, आईतवार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीन जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सज तेज ओलीले जानकारी दिनुभयो।

मृत्यु हुनेहरुमा टिकापुर नगरपालिका-७ कैलालीका ३५ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका-१ दाङका  ४५ वर्षीया महिला र शारदा नगरपालिका-१ सल्यानका ५० वर्षीय पुरुष हुनुहुन्छ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २४० जना र जिल्लाकै २७३ जनाको मृत्यु भईसकेको छ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech